Birendranagar Municipality

सुन्दर सुदूर पश्चिम चिनाउने डकुमेन्ट्री

सेरोफेरो/सुर्खेत
सुन्दर सुदूर पश्चिम चिनाउने डकुमेन्ट्री

१४ असार । धनगढीका पञ्चदेव भट्टले सुन्दर सुदूर पश्चिम (प्रदेश ७) चिनाउने डकुमेन्ट्री बनाएका छन् । उक्त डकुमेन्ट्रीमा प्रदेशका सबै ९ जिल्लाका रमणीय ठाउँ, संस्कृति, मौलिकता एवं जीवनशैली समेटिएको छ ।

 

डकुमेन्ट्री आफ्नो व्यक्तिगत शौखले १ महिना लगाएर बनाएको भट्टले बताए । 'यात्रा, फोटोग्राफी र डकुमेन्ट्रीमा मेरो शौख छ', उनले भने- 'यसमा धेरैजसो मेरो आफ्नै र केही साथीहबाट संकलित सामाग्री राखिएको छ ।'

 

डकुमेन्ट्रीमा भिडियो मात्र नभई सूचना तथा संगीतको संयोजन पनि छ । प्रदेश ७ का सबै जिल्लाबारे समेटिएको यो पहिलो डकुमेन्ट्री भएको भट्टको दाबी छ । यसअघि उनले कर्णालीका ५ जिल्लाको डकुमेन्ट्री बनाएका छन् ।

 

बैतडीको गुरुखोलामा जन्मिएका भट्ट संयुक्त राष्ट्रसंघको सहयोगमा सञ्चालित स्थानीय शासन तथा सामूदायिक विकास कार्यक्रममा आइसिटी विज्ञ छन् । उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति विषयमा स्नातकोत्तर गर्दैछन् ।

 

भिडियो हेर्नुहोस् :

२०७५ असार १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्