१४ असार । कर्णाली प्रदेशको बिहिबार बसेको चौबिसौं बैठकमा प्रतिपक्षले अवरुद्ध गरेको छ । यसअघि कर्णाली प्रदेश सरकारले विनियोजन गरेको आर्थिक वर्ष २०७४/७५को बजेट कार्यान्वयन नगरेको तथा रातोकिताब तयार नगरेको भन्दै दुईपटक सम्म विपक्षीले संसद अवरुद्ध गरिसकेको थियो ।
बिहिबार विनियोजन विधेयक माथीको छलफल गर्ने कार्यसुची रहेकोमा विपक्षीदलको तर्फबाट बोल्दै नेपाली काँग्रेसको तर्फवाट संसदीय दलका नेता एवम् सांसद जिवनबहादुर शाहिले बैठक अगाडी बढ्न नसक्ने जानकारी दिएका हुन् । कर्णाली सरकारले ल्याएको बजेट र रातो किताबमा उल्लेख भएका विषयहरु मेल नखाएकोले स्पष्ट रुपमा जवाफ नपाएसम्मको लागी संसद चल्न नदिने शाहीले बताए ।
संसदमा विपक्षीदलका सांसदहरु उभीएर संसद अवरुद्ध गरेका थिए । सांसद जिवनबहादुर शाहिले भने ‘ गोलमोटोल गरेर रातो किताब निकालीएको छ । यसमा कुनैपनी सांसदको चित्त बुझेको छैन । बजेट वक्तव्यमा किटान भएका कुराहरु रातो किताबमा आएनन् ।’
प्रतिकृया दिनुहोस्