Birendranagar Municipality

आज धान दिवस

सेरोफेरो
आज धान दिवस

१५ असार । आज धान दिवस देशैभरी विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपाल कृषिप्रधान देश भएकोले असार १५ गते राष्ट्रिय धान दिवस मनाउने परम्परा छ ।

 

मानो रोपेर मुरी उब्जाउने असार १५ मा किसानहरूले दही चिउरा खाई हिलो खेलेर धान दिवस मनाउँछन् । काम गर्दा रमाइलो होस् भनेर असारे गीत गाउँदै रोपाईं गरिन्छ ।


२०६२ सालदेखि असार १५ लाई धान दिवसका रूपमा मनाउन थालिएको हो । नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ ।

 

संयुक्त राष्ट्र सङ्घले पनि सन् १९६८ लाई भोकमरीबाट मुक्त, भन्ने नारासहित धानबालीलाई वर्ष बालीका रूपमा मनाउने घोषणा गरेको थियो ।

२०७४ असार १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्