Birendranagar Municipality

जीप दुर्घटनामा ७ जनाको मृत्यु

रासस

१५ असार । सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान नेचा सल्यानबाट काठमाडौं जाँदै गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि मिसन अस्पताल ओखलढुंगा लगिएको छ ।

 

तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट जीप करिब १ हजार मिटर तल खसेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रधुम्न अधिकारीले जानकारी दिए ।

२०७४ असार १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्