Birendranagar Municipality

उग्र बन्दै विद्यार्थी आन्दोलन, प्रहरीद्वारा धरपकड

सेरोफेरो/सुर्खेत
उग्र बन्दै विद्यार्थी आन्दोलन, प्रहरीद्वारा धरपकड

१५ असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा जारी आन्दोलनले उग्र रुप लिएको छ । आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा विद्यार्थीहरु निकुञ्ज पाण्डे, जीवन शाही र सरोज न्यौपानेलगायत घाइते भएका छन् ।

 

घाइते विद्यार्थीलाई उपचार गर्नुको साटो प्रहरीले हिरासतमा राखेको प्रति मानव अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । विद्यार्थी पाण्डेको टाउकोमा गम्भीर चोट लागेकोले उपचारका लागि भारतको लखनउ लैजानुपर्ने पारिवारिक स्रोतले जनाएको छ ।

 

इन्जिनियरिंग संकायमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न माग राखी गत आइतबारदेखि आन्दोलन गरेका थिए । संकायभित्रका विभिन्न समस्या समाधानको लागि विद्यार्थीहरुले संघर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका हुन् ।

विद्यार्थीका मागहरु इन्जिनियरिड संकायलाई पूर्ण स्वायत्त बनाइनुपर्ने, हाईड्रोपावर इन्जिनियरिडको पाठ्यक्रम सार्वजनिक गर्नुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गरिनुपर्ने, सम्पुर्ण प्रयोगात्मक परीक्षाहरु पूर्णरुपमा सञ्चालनमा ल्याउनुपर्ने, १० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, पुस्तकालयमा पर्याप्त पुस्तकहरु उपलब्ध गराउनुपर्ने तथा पुस्तकालयमा कर्मचारीको व्यवस्था गर्नुपर्ने र सम्पुर्ण विषयको विषयगत शिक्षकको व्यवस्था गर्नुपर्नेलगायत छन् ।

 

वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा अनावश्यक तोडफोड र प्रहरी हस्तक्षेप गरिएको भन्दै प्राध्यापक संघ संगठनले उक्त घटनाको विरोध गरेका छन् ।

 

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी उनीहरुले विश्वविद्यालयमा प्राज्ञिक वातावरण निर्माण गर्न तथा घाइते विद्यार्थीको उपचार गर्न अपिल गरेका छन् ।

 

प्रेस विज्ञप्ति हेर्नुहोस्:

Press release

२०७५ असार १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्