१५ असार । ‘धान उत्पादनमा बृद्धि राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ १५ औं राष्ट्रिय धान दिवस देशैभरी मनाइएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र वीरेनद्रनगर नगरपालिका सुर्खेतको आयोजनामा वीरेन्द्रनगरको पातालगंगामा मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले धान रोपेर दिवसको उद्घाटन गरे ।
यसैगरी कार्यक्रममा कर्णाली प्रदेश सभाका सभामुख राज बहादुर शाही, उप सभामुख पुष्पा घर्ति, कृषि मन्त्री विमला केसी, पर्यटन मन्त्री नन्द सिङ बुढा, प्रतिपक्ष दलका नेता जीवन बहादुर शाही, सांसद देवी ओली, सुशील थापा, अम्रिता शाही, पद्मा खड्का लगाएत नेता, कार्यकता, जनता, किसान एवंम विद्यार्थीहरुले दिवस मनाएका छन् ।

प्रतिकृया दिनुहोस्