फाइल फोटो
१५ असार । वरिष्ठ चिकित्सक प्रा.डाक्टर गोविन्द केसीले जुम्लामा अनसन बस्न नपाउने भएका छन् । १५औ पटक सम्म अनसनमा बसेका केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलो पटक शनिवार देखि अनसन बस्दै छन् ।
उनको अनसनलाई लक्षित गरि जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधित क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रलायको निर्देशन मा जुम्ला सदरमुकामका तीन क्षेत्रमा कुनै पनि किसिमको अनसन, आन्दोलन तथा नारा जुलुस जस्ता विरोधका कार्यक्रम गर्न नपाउने गरि सुचना जारी गरेको हो ।
चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै डा. केसीले भोली बाट प्रतिष्ठानमा अनसन बस्दै छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौंपछि पनि एमबीबीएस विद्यार्थी भर्ना शुरु हुन नसकेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीको गेटा मेडिकल कलेजको प्रगति सुस्त भएकोैै विषयलाइ उठान गरि उनि अनसन बस्दै छन् ।
जिल्ला प्रसाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान देखी करिब २ सय मिटर वरिपरीको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टेक बहादुर बुढथापाले बताए । उनले भने 'गृह मन्त्रालयको निर्देशन अनुसार हामीले यस्तो घोषणा गरेको हौ । भोलीबाट शुरु हुन लागेको अनसनलाई लक्षित गरि निषेधित क्षेत्र घोषणा गरिएको छ ।' डाक्टर केसी जुम्ला पुगिसकेका छन् ।
प्रतिकृया दिनुहोस्