१५ असार । मानसरोवर कैलाशको धार्मिक यात्रा सुरु भए संगै रोकिएको सुर्खेत सिमकोट हवाई सेवा शुक्रबारबाट शुरु भएको छ । सीता एयरले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट नियमित उडान गर्ने पुर्ब योजना अनुसार सुर्खेत सिमकोट हवाई सेवा सुचारु भएको हो ।
यसबाट पर्यटन सिजन सुरु भए संगै रोकिदा सुर्खेतबाट सिमकोट आउने र सिमकोटबाट सुर्खेत जाने यात्रुहरुलाई सहज भएको छ । यस अघि दुबैतिरबा यात्रुहरुले नेपालगंज जानु पर्ने बाध्यता थियो ।
सिमकोट बिमानस्थलमा संचारकर्मीसंग बोल्दै मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले सडक संजालसंग नजोडिएको साबिकको कर्णाली अंचलमा हवाई यातायातलाई सहज बनाइने बताए। प्रदेश सरकारले पनि कर्णालीका हिमाली जिल्लाको यातायातलाई सहज बनाउनका लागि उच्च प्राथमिकतामा राखेको बताउदै अब कर्णाली प्रदेशको केन्द्र सुर्खेतबाट सबै एयरलाईन्सले नियमित उडान भर्ने बिस्वास व्यक्त गरे ।
सडक यातायात नजोडिएका हुम्ला र डोल्पा जिल्लामा हवाई कम्पनीहरुले प्राथमिकतामा राख्ने र जनतालाई यात्रा गर्न सहज बनाउने मुख्य मन्त्री शाहीले सो अवसरमा जानकारी दिए । गत जेठ १० गतेबाट समायोजनाका नाममा बढेको हुम्ला जिल्लाको हवाई भाडाका सम्बन्धमा पनि केन्द्र सरकारसंग कुराकानी गर्ने शाहीले बताए । यस अघि मकालु एयरको एकल इन्जिनको जहाज ले उडान भर्दै आएको थियो ।
प्रतिकृया दिनुहोस्