१६ असार । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले जुम्लामा आज देखि शुरु गरेको अनसनमा प्रहरीले हस्तक्षेप गरेको छ । जिल्ला प्रशासन कार्यालय अगाडी शान्तिपुर्ण रुपमा आन्दोलनको घोषणा गरेका केसीको अनसन प्रभावित पार्न प्रहरीले हस्तक्षेप गरेको हो ।
चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै डा. केसीले अनसन शुरु गरेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौंपछि पनि एमबीबीएस विद्यार्थी भर्ना शुरु हुन नसकेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीको गेटा मेडिकल कलेजको प्रगति सुस्त भएको भन्दै उनी अनसन बसेका हुन् ।
शुक्रवार जिल्ला प्रसाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान देखी करिब २ सय मिटर वरिपरीको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । केसीको अनसनलाई प्रशासनले रोकेपछि समर्थकहरु विरोधमा उत्रियका थिए ।
प्रहरीको धरपकटमा डाक्टर केसीका समर्थक घाईते भएका छन् । नेपाली कांग्रेसका नेता देवेन्द शाहि, युवा महेश नेपाली र महेन्द्र कार्की सामान्य घाईते भएका छन् । रिपोटिङमा गएका केहि पत्रकार माथि समेत प्रहरीले दुव्र्यवहार गरेको छ ।
प्रतिकृया दिनुहोस्