१७ असार । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर गोविन्द केसीको अनसन जुम्लामा दोस्रो दिन समेत जारी रहेको छ । विभिन्न मागहरु सहित अनसनरत केसीले कवर्ड हलमा अनसन जारी राखेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बस्ने भनिएको अनसनलाइ प्रशासनले हस्तक्षेप गरेको थियो ।
प्राध्यापक डाक्टर गोविन्द केसीको अनसनलाई समर्थन गर्दे आज हस्तक्षार संकलन गरिएको छ । डाक्टर केसीको मागलाई समर्थनमा नागरिक समाज जुम्लाको अगुवाइ हस्ताक्षर अभियान गरिएको हो । आइतवार दिउसो शुरु गरिएको हस्ताक्षर संकलनमा आज करिब ६ सय वढि जुम्ला बासीले हस्ताक्षर गरेका हुन् । सरकारको ध्यानाकर्षणको लागि हस्ताक्षर अभियान गरिएको नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महतले बताए ।
चिकित्सा शिक्षा सुधारका लागि अनसनरत डा.गोविन्द केसी कवर्ड हलमा बसेका छन् । कवर्डहलको खुल्ला भुईमा राखिएका केसीको सुत्ने कपडा र अन्य व्यवस्था नभएको बताइएको छ। डा. केसीका भाई किशोर केसीले भने 'अनसनरत स्थान कवर्डहलमा वत्तिको व्यवस्था नभएकाले अध्यारोमानै अनसन थाल्नु परेको छ ।'
उनले थपे 'बत्तिको व्यवस्था पनि छैन, अध्यारोमा बस्न निकै कठिन छ।' अनसनस्थलमा विजुली बत्तिको व्यवस्था गरिदिन सरोकारवाला पक्षले उनले आग्रह गरे । उनले भने ‘ठुलो कवर्डहलमा पानी चुहिन्छ, चिसो एकदम बढी छ, लुगा कपडाको व्यवस्था पनि छैन, डा. केसी जाडोले कापी रहनुभएको छ।’
यो पनि पढ्नुहोस्
प्रतिकृया दिनुहोस्