१८ असार । सञ्जय दत्तको बायोपिक फिल्म सञ्जूले बक्स अफिसमा नयाँ इतिहास रचेको छ ।
रणवीर कपूरले फिल्ममा बाहुबलीको रेकर्डपनि ध्वस्त गरेका छन् । तरुण आदर्शको अनुसार बाहुबलीले तेस्रो दिन ४६ .५० करोड को कमाइ गरेको थियो तर सन्नूले तेस्रो दिन ४६.७१ करोडको कमाइ गर्दै रेकर्ड ब्रेक गरेको छ ।
फिल्मले तीन दिनमा १२० करोड कमाइ गर्दै १०० करोडको क्लबमा प्रवेश गरेको छ । रेस ३ को ओपनिङ विकेन्ड तोडेको सन्जुले अब फिल्म पद्मावतलाई पनि जितेको छ ।
पद्मावतले पहिलो विकेन्डमा ११४ करोड कमाइ गरेको थियो भने सञ्जूले पहिलो तीन दिनमा १२०.०६ करोडको कमाइ गरेको छ ।
प्रतिकृया दिनुहोस्