१८ असार । मध्यमश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत ईन्जिनियरिङ् संकायका विद्यार्थीहरुले असार ५ गते देखी गर्दै आएको आन्दोलन पेचिलो बन्दै गएको छ । विद्यार्थीहरुले विभिन्न माग राख्दै शान्तिपुर्ण तरिकाले आन्दोलन गर्दा समेत विश्वविद्यालयका पदाधिकारीहरुले माग सुनुवाइ नगरी हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
आन्दोलनरत विद्यार्थीहरुले पत्रकार सम्मेलनको आयोजना गरी थप आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका हुन् । विद्यार्थीहरुले १९ गते विहान कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापनपत्र बुझाउने र बेलुकी ४ बजेपछि विश्वविद्यालय केन्द्रिय क्याम्पस अगाडि आमरण अनसन बस्ने कार्यक्रम तय गरिएको विद्यार्थी रोशन बस्नेतले बताएका छन् ।
यसैगरी असार २० गते विश्वविद्यालयको नाममा रहेका सम्पुर्ण सवारी साधनहरु ठम्प पार्ने र विश्वविद्यालयको सम्पुर्ण प्रशासन बन्द गर्ने कार्यक्रम समेत रहेको बस्नेतले जानकारी दिए । विश्वविद्यालयले आन्दोलनलाइ दमन गर्ने रणनीति लिए कडा विरोधका कार्यक्रमहरु गर्ने विद्यार्थी निकुञ्ज पाण्डेले बताए । विद्यार्थीहरुले विश्वविद्यालय विधिको शासनबाट नभएर व्यक्तिको शासनबाट सञ्चालन भएको आरोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस्