Birendranagar Municipality

चार थान भरुवा बन्दुक सहित तीन जना पक्राउ

चार थान भरुवा बन्दुक सहित तीन जना पक्राउ

तस्बिर:मिना बेढाथोकी

१८ असार । सल्यानमा अवैध हात हतियार सहित तीन जना पक्राउ परेका छन् । 

 

जिल्लाको कुमाख गाउँपालिका वडा नं ३ चिनाली बजार स्थित विभिन्न व्यक्तिको घर, बारी र झाडीमा लुकाई राखेको चार थान भरुवा बन्दुक, एक थान ब्यारेल, फलामका टुक्रा र छर्रा बरामद गरिएको सल्यान प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक भरत बहादुर विकले जनाएका छन् ।


घटनाको अनुसन्धानका लागी प्रहरीले कुमाख गाँउपालिका वडा नं.३ बस्ने ५० वर्षीय शेर बहादुर पुन, सोही ठाँउका ५२ वर्षीय छबिलाल चलाउने ४५ वर्षीय मन बहादुर रानालाई आईतबार राती पक्राउ गरेको डिएसपी विकले बताए । आरोपित तिनै जनालाई सोमबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।


विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक भानु शर्मा सहितको टोलीले आईतबार हतियार बरामद गरेको होे । प्रहरीका अनुसार आरोपितहरु दोषी देखिए हातहतियार खरखजना ऐन २०१९ अन्तर्गत मुद्दा चलाईने चलाइने छ । समाजमा शान्ती सुव्यवस्थामा खलल पार्न नदिन सल्यान प्रहरीले यस्ता अवैध हातहतियार खरखजना नियन्त्रण गर्ने विशेष अभियान संचालन गरेको छ ।


यस भन्दा अगाडी पनि प्रहरी नायब उपरिक्षक भरत वि.क को विशेष पहलमा ४ नाल घरेलु हतियार वरामद गरी दोषीलाई कानुन वमोजिम कारवाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

२०७५ असार १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्