Birendranagar Municipality

मिनिट्रक दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

मिना बुढाथोकी
मिनिट्रक दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

१९ असार । सल्यानमा तरकारी बोकेको मिनिट्रक दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने १ जना गम्भीर घाइते भएका छन्।


कपुरकोट गाउँपालिका ३ चोरखोलामा सोमवार राती करिब १० बजेको समयमा भएको दुर्घटनामा सल्यान बागचौर नगरपालिका वडा नम्बर ८ कोटमौलाका ३५ वर्षीय गोरख डाँगीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा परेर ट्रक चालक दाङ घोराही उप महानगरपालिका १० निवासी गोविन्द चौधरी गम्भीर घाइते भएको र उनको उपचार अहिले कोहलपुरमा भई रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपि भरत बहादुर विकले बताए ।


प्रहरीका अनुसार दाङबाट तरकारी बोकेर सल्यानका लागी छुटेको ना ५ ख ७६४५ नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो ।

उक्त मिनिट्रक सडकदेखि करिब एक सय मिटर तल खसेको छ । मिनिट्रक के कारणाले दुर्घटना भएको कारण भने खुल्न नसकेको र अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

२०७५ असार १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्