Birendranagar Municipality

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी आमरण अनसनमा

सेरोफेरो
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी आमरण अनसनमा

२० असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत ईन्जिनियरिङ्ग संकायका विद्यार्थीले विभिन्न माग राख्दै असार ५ गतेबाट शुरु गरेको आन्दोलनले अनसनको मोड लिएको छ । बुधबारबाट विद्यार्थीहरु अनिश्चित कालीन आमरण अनसन बसेका छन् । ईन्जिनियरिङ्ग संकायलाई पुर्ण स्वायत्त बनाईनु पर्ने, हाईड्रोपावर इन्जिनियरको पुर्ण सेलेवस गराउनुपर्ने, गोल्डेन चान्स परिक्षाको व्यवस्था गरिनुपर्ने, सम्पुर्ण प्रयोगात्मक परिक्षाहरु पुर्णरुपमा सञ्चालनमा ल्याउनुपर्ने लगाएतका माग विद्यार्थीहरुले राख्दै आएका छन् ।

 

त्यस्तै १० प्रतिशत विद्यार्थीहरुलाई पुर्ण छात्रवृद्धि उपलब्ध गराउनुपर्ने, पुस्तकालयमा पर्याप्त पुस्तकहरु उपलब्ध गराउनुपर्ने तथा छुर्टै पुस्तकालय कर्मचारी हुनुपर्ने र सम्पुर्ण विषयको विषयगत शिक्षक हुनपर्ने माग राख्दै विद्यार्थीले आन्दोलन शुरु गरेका हुन् ।


आन्दोलनको १५ औं दिनसम्मपनी विश्वविद्यालयका पदाधिकारीहरुले विद्यार्थीहरुको माग पुरा गर्न कुनै चासो नदेखाएपछि आवरण अनसन बस्न बाध्य भएको असनसनमा बसेका विद्यार्थी रोशन बस्नेतले बताएका छन् । उनले भने ‘जबसम्म विश्वविद्यालयले विद्यार्थीहरुको माग पुरा गर्दैन तवसम्म यो असनसन तोड्ने छैनौ । आन्दोलनको आधा महिना वित्दा समेत विश्वविद्यालय परिवार मौन छ । जस्तो सुकै परिस्थिति आएपनी हामीहरु आफ्ना माग पुरा गरेरै छाड्ने छौं ।’

 

विश्वविद्यालय गरिब र दुखीको नभई राजनिती गर्ने थलो बनाईएको छ । विश्वविद्यालय कसैको पेवा नभई विद्यार्थीको भविष्य कोर्ने क्षेत्र भएको समेत बस्नेतले बताएका छन् । आजबाट तिन जना विद्यार्थी अनसन बसेका छन् । विद्यार्थी रोशन बस्नेत, रत्न शर्मा र मिलन विसी अनिश्चित कालीन अनसन बसेका हुन् । विद्यार्थीहरुले विरोध स्वरुप रिले अनसन, जुलुश, धर्ना, कोण सभा तथा सडकमा डेस्कबेन्च राखेर बस्ने जस्ता आन्दोलनका कार्यक्रम गरिसकेका छन् ।

 

२०७५ असार २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्