२१ असार । खेलकुद विकास समितिको कर्बडहलबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशिष्ट उपचार कक्षमा लगिएका केसीले अस्पताल मै अनसनलाई जारी राखेका छन् । अझै पनि राज्य आफ्नो माग प्रति झन क्रुर बन्दै गएको भन्दै अनसनलाई जारी राखेका छन् ।
स्वास्थ्य अवस्था विस्तार सामान्य बन्दै गएका केसीले गृह मन्त्री लगायतका सरकारका मन्त्रीहरुको अभिव्यक्ति प्रति आक्रोस व्यक्त गरेका छन् । आज संचारकर्मीहरुको प्रश्नको जवाफमा उनले मन्त्री बाटै मेरो अनसनलाई अधिनायकबादी र व्यक्तिगत भनिएको छ, म अधिनायकवादी हु की सरकार भनी सरकारलाई उल्टो प्रश्न गरेका छन् । उनले भने, म सरकारले पठाएको डाक्टर बाट उपचार गर्दिन बरु यसै मर्छु,मेरो अनसन जारी छ ।
कर्णालीका स्वास्थ्यकर्मी आन्दोलन फिर्ता लिए
गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका कर्णालीका स्वास्थ्य कर्मीले आन्दोलन फिर्ता लिएका छन् । अनसनको पाँचौ दिन केसीलाइे उपचारका लागि अस्पताल पुर्याए पछि उनीहरुकोले आन्दोलन फिर्ता लिएको हुन् । कर्णाली चिकित्सक संघ कर्णाली शाखा जुम्लाले आज एक प्रेस विज्ञप्ती निकाल्दै आन्दोलनका कार्यक्रम स्थगन गरेको जनाएको छ ।
आजै कर्णालीका डाक्टरहरु नियमित काममा फर्किएका छन् । उनीहरुले आजै उपचार पनि दर्जन बढी सल्याक्रिया समेत गरेका छन् । डाक्टर प्रविण गिरीले आज बाट उपचारमा फर्किएको जानकारी दिए । उनले भने, आजै ६ वटा महत्वपुर्ण शल्याक्रिया सम्पन्न भयो, हामी अझै डाक्टर केसीको माग प्रति ऐक्वद्धता चाहन्छौ । छोरीको हातको अप्रेशनको लागि अस्तपाल पुगेकी तातोपानी गाँउपालिका दुईकी राजकली बुढाले आफ्नो छोरीको हातको सफल अपरेसन भएको बताईन् । डाक्टर केसीका अनुसार आज मात्रै झन्डै ३० वटा सामान्य तथा जटिल केस सफल भएका छन् ।
प्रतिकृया दिनुहोस्