२२ असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) मा विगत तिनदिनदेखी आवरण अनसन बसेका विद्यार्थी आईसियुमा भर्ना भएका छन् । अनसन बसेका विद्यार्थी रोशन बस्नेतको अवस्था गम्भिर भएपछि आईसियुमा भर्ना गरिएको आन्दोलीत विद्यार्थीहरुले बताएका छन् । रोशनको स्थानिय देउती नर्शिङ् अस्पतालमा उपचार भईरहेको छ । बुधबार देखी तिनजना विद्यार्थी आवरण अनसनमा बसेपनी विश्वविद्यालयले वेवास्ता गर्दै आएको छ ।
विद्यार्थीहरुको जायज मागलाई तोड्नको लागी विद्यालयले प्रहरी र शसत्र परिचालन गरी आन्दोलनलाई तोड्ने प्रयास गरेको छ । विभिन्न सात बुंदे माग राख्दै विद्यार्थीहरुले असार ५ गतेदेखी आन्दोलन गरिरहेका छन् ।
वार एशोसियसन द्वारा समस्या समाधान गर्न अपिल
कानुन व्यवसायीहरुको संगठन उच्च अदालत वार एशोसियशन तथा जिल्ला अदालत वार एशोसियशनले एमयुको विद्यार्थीहरुको आन्दोलनले अनसनको रुप लिएको प्रति गम्भिर ध्यानाकर्षन जनाएको छ । वारको संयुक्त बैठकले मानिसको बाँच्न पाउने अधिकारको सुनिश्चितताको लागि जिम्वेवार बन्न मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रशासनलाइ संवेदनशिल हुन आग्रह गरेको छ ।

विद्यार्थी संगठनद्वारा जिवन रक्षाको माग
अनसन बसेका विद्यार्थीको जिवन रक्षाको माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले संयुक्त प्रेश विज्ञप्ति समेत निकालेका छन् । अखिल क्रान्तीकारी विद्यार्थी संघ, अनेरास्ववियु सुर्खेत, नेपाल विद्यार्थी संघ केन्द्रिय समिति र अखील क्रान्तिकारी छैटौले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गरी असनसनमा बसेका विद्यार्थीहरुको जिवनरक्षाको लागी जोडदार माग गरेका हुन् । विश्वविद्यालयले विद्यार्थीहरुको माग पुरा नगर्दा सम्म निरन्तर रुपमा आन्दोलनमा साथ दिने अखिल क्रान्तीकारी सुर्खेतका संयोजक जगतराज ढकालले बताएका छन् ।
उनी भन्छन् ‘यो कस्तो विश्वविद्यालय हो जहां सेलेभसको लागी अनसन बस्नुपर्ने र लाईव्रेरीको लागी अनसन बस्नुपर्ने । पुर्वतयारी बिनानै ईन्जिनियरिङ्ग संकाय सञ्चालन गरी विश्वविद्यालयले विद्यार्थीहरुको भविष्य अन्धकार बनाएको छ । जबसम्म विद्यार्थीका यी जायज माग पुरा हुंदैनन् हाम्रो संगठनले आन्दोलनमा पुर्णरुपमा साथ दिनेछ ।’
प्रतिकृया दिनुहोस्