२२ असार । प्रधानमन्त्री केपीशर्मा ओलीले समृद्धि प्राप्त गर्नका लागि सुशासन आवश्यक पर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको १५ औं साधारणसभाको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताएका हुन् ।
“स्वच्छता, पारदर्शिता,कानुनको राज र अवसरको समतापूर्ण ढंगले वितरण भयो भने मात्र समृद्धि हासिल हुनसक्छ” प्रधानमन्त्री ओलीले भने “अहिलेको सरकारले भनेको समृद्धि केहीका लागि मात्र नभएर सबै नेपालीका लागि हो ।”
देशमा ६० प्रतिशत जनसंख्याकाम गरेर खान सक्ने भएकोले यो अवसरलाई सदुपयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । यति ठुलो जनसंख्या काम गर्न सक्ने अवस्थामाहुनु देशको आर्थिक विकासकालागि ठुलो अवसर भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
विगतको सरकारको वितीय अनुशासन हिनताको कारणले वर्तमान सरकार केही अफ्ठेरोमा भएको प्रधानमन्त्रीओलीले बताए । प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर देशलाई उद्योग मैत्रीबनाउन इच्छुक रहेको स्पष्ट पारे । “हामी निजीक्षेत्र सँग सहकार्य गर्छौं तर उद्योग बेचेर खानका लागि होइनउद्योग खोल्नका लागि” प्रधानमन्त्री ओलीले भने “सरकार चाहन्छ देशलाई उद्योगतिर अघि बढाउँ ।”
प्रधानमन्त्री ओलीले उद्योगी व्यावशायीहरुलाई समेटेर सरकारले एक सल्लाहकार समुह गठन गर्न लागेको जानकारी समेत दिए । उद्योगलाई प्रविधि मैत्री बनाएर गुणस्तरीय उत्पादन गर्न सरकारले प्रोत्साहन गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
नेपालका दुवै छिमेकमा भएको विशाल जनसंख्या नेपालको उपयुक्त बजार भएकोले निर्यात जन्यवश्तुको उत्पादन गर्न व्यवाशायीहरु लाई प्रधानमन्त्रीले आग्रह गरे । छिमेकमा विगतमा भएका केही तिक्तता पनि सकिएर सुमधुर सम्बन्ध कायम भइसकेकोले अब नेपालबाट हुने निकासीमा कुनै समस्यान हुने प्रधानमन्त्री ओलीले बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले परिसंघले प्रकाशन गरेको आर्थिक समृद्धिको मार्ग चित्र एवम् आवश्यक कानुनी सुधार पुस्तकको विमोचन गरे । सो अवसरमा प्रधानमन्त्रीले व्यावशायीलाई सम्मान समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस्