Birendranagar Municipality

गुराँस गाउँपालिका ६ मा एमालेका वली विजयी

गुराँस गाउँपालिका ६ मा एमालेका वली विजयी

सेरोफेरो

३ जेठ, दैलेख । गुराँस गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेकपा एमालेका युवा उम्मेदवार हिम बहादुर वली सात सय १७ मतका साथ विजयी भएका छन् ।

 

उनले नेपाली काँग्रेसका शेर बहादुर बिसीलाई ७७ मतले पराजित गरेका हुन् । बिसीले छ सय ४० मत प्राप्त गरेका छन् ।

 

साविकको पिलाडी गाविसमा पर्ने यो वडामा २०५४ सालको निर्वाचनमा नेपाली काँग्रेसका जिल्ला सभापती कृण्ण बिसी गाविस अध्यक्षमा विजयी भएका थिए ।

 

काँग्रेसको पकड मानिने यस वडामा एमालेको सम्पुर्ण प्यानल विजयी भएको छ । 

२०७४ जेठ ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्