२५ असार । जिल्ला अदालत सुर्खेतका अधिकांश देवानी प्रकारका मुद्धाहरु मेलमिलापवाट टुङ्गीने गरेका छन् । जसले गर्दा अदालतमा मुद्धाको चाप केहि हदसम्म कम भएको अदालतले जनाएको छ । मेलमिलामका लागी घरायसी मुद्धा बढि आउने गरको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार विरेन्द्र मल्लले बताएका छन् ।
जिल्ला अदालत सुर्खेतमा सबैभन्दा बढि मुद्धा झै झगडा तथा अंश र चेक अनादारका आउंछन् । उनले भने ‘अदालतमा आउने ७५ प्रतीशत मुद्धा मेलमिलामै गएर टुङ्गिन्छन् ।’ मेलमिलाप परिषद्को आयोजना तथा जिल्ला अदालत सुर्खेतको समन्वयमा सोमबार आयोजीत मेलमिलाप सम्बन्धि एक दिवासिय कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा प्रमुख जिल्ला न्यायाधिस मेदिनीप्रसाद पौडेलले संघियताका कारण धेरैलाई काममा अलमल भएको बताएका छन् । उनले भने ‘संघियतामा सबैलाई काम गर्न अप्ठ्यारो भएको छ । संघियता सबैका लागी नौलो भएको छ । सामुदायिक मेलमिलाप केन्द्र संग पनी अनुगमन भएको छैन । समग्रमा सुर्खेतको कुरा गर्नेहो भने मेलमिलाप को स्थीती त्यती राम्रो छैन ।’
कार्यक्रममा सहभागी मेलमिलाप कर्ता उमा भट्टराईले स्थानिय तहका जनप्रतिनिधी कतीपय कानुन अध्ययन गर्न समेत नजान्ने भएकोले उनीहरुलाई प्रशिक्षणको आवश्यकता भएको बनाएकी छन् ।
कार्यक्रममा मेलमिलाप कर्ता विरेन्द्र थापाले मेलमिलापमा सरोकारवालाको भुमीका विषयमा प्रस्तुती राखेका थिए । प्रस्तुती राख्दै थापाले मेलमिलापमा विभिन्न समस्याहरु समेत भएको बताएका छन् । मेलमिलापमा भाषा, वातावरण सरोकारवालाको बाधा, आचारसंहिताको उलङ्घन, कानुको डरले मिल्ने तथा प्रचार प्रचारको कमी जस्ता समस्या प्रस्तुतीमा राखिएको थियो ।
प्रतिकृया दिनुहोस्