सेरोफेरो
३ जेठ, दैलेख । चामुण्डा बिन्द्रासैनी नगरपालिकामा नेकपा एमालेका सूर्यबहादुर शाही ले नेपाली काँगे्रसका गणेशबहादुर शाहीलाइ १०३ मत अन्तरले पराजित गरी मेयर पदमा विजयी भएका छन् । उनले दुई हजार सात सय ७३ मत प्राप्त गरेका थिए ।
यसैगरी उप–मेयरमा काँग्रेसकी ईन्द्रा शाहीलाइ पराजित गर्दे नेकपा एमालेकी तारा शाही विजयी भएकी छन् । उनले दुई हजार नौ सय ५४ मत र ईन्द्रा शाहीले दुई हजार चार सय ८० मत पाएका थिए ।
नगरपालिकाको वडा नम्वर ५ मा नेपाली काँग्रेस, ३ र ७ मा नेपाल मजदुर किसान पार्टी र बाँकी पाँच वडामा नेकपा एमालेका उमेदवार वडा अध्यक्ष पदमा विजयी भएका छन् ।
यसैगरी दैलेखको ठाँटीकाँध गाउँपालिकामा एमालेका उम्मेदवार धीरबहादुर शाही विजयी भएका छन् ।
उनले नेपाली काँग्रेसका रक्षाबहादुर शाहीलाइ पराजित गरी अध्यक्ष पदमा जित हासिल गरेका हुन् । उनले एक हजार नौ सय २४ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी रक्षा शाहीले एक हजार पाँच सय ६२ मत प्राप्त गरेका थिए ।
ठाँटीकाँधको उपाध्यक्षमा एमालेकी सुस्मीता सिंह विजयी भएकी छन् । उनले काँग्रेसकी उम्मेदवार भद्रा शाहीलाई चार सय ७६ मतले पछाडी पारी जित हात पारेकी हुन् ।
प्रतिकृया दिनुहोस्