Birendranagar Municipality

गुफामा फसेका सबै बालकको सकुशल उद्धार

एजेन्सी
गुफामा फसेका सबै बालकको सकुशल उद्धार

२६ असार । थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको एक गुफामा फसेका सबै बालकहरु र उनीहरुका फुटबल प्रशिक्षकलाई उद्धार गरिएको छ। थाइल्‍याण्डका नौसेनाले सबै बालकहरुको उद्धार गरिएको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार उद्धार अभियानमा गोताखोर, एक चिकित्सक रहेका छन्। उनीहरु गुफा भित्रै रहेका छन्। यसअघि सोमबारसम्‍म आठ जना बालकहरुको सुरक्षित रुपमा उद्धार गरिएको थियो। १२ जना फुटबल खेलाडी आफ्नो कोचसँग गत जुन २३ तारिखका दिन उक्त गुफामा गएका थिए। तर उनीहरु त्‍यही फसेका थिए।

अन्कार अनि पानीको मात्रा बढ्‍दै गएपछि उनीहरुले गुफाबाट बाहिर आउने बाटो नै भुलेका थिए। यसका साथै थाइल्‍याण्डका प्रधानमन्त्री प्रयुत चान-ओचाले बालकहरुको अवस्था सुरक्षित होस भनेर पठाएको औषधिबारे भने खण्डन गरेका छन्।

 

यसरी गरियो उद्धार

गुफाभित्र फसेका बालकहरुलाई उद्धारका लागि कम्तिमा ४० देखि ५० जना विदेशी गोताखोरले सहयोग गरेक थिए। यसको लागि उनीहरुले धेरै नै चुनौति झेल्‍नु पर्‍यो।उनीहरु गुफाभित्र डोरीको सहायताले त्‍यहाँसम्‍म तैरिँदै पुग्‍न सफल भए। उनीहरु त्‍यहाँ जाँदा मुखभरी मुखुन्डो लगाएका थिए।

उनीहरुले प्रत्‍येक एक बालकलाई गुफाबाहिर ल्‍याउँदा दुई जना गोताखोरले सहयोग गरकेा थिए। यसका साथै उनीहरुसँगै ‘एयर सप्लाई’ पनि थियो। उनीहरुलाई गुफाको आधा बाटोसम्‍म पुग्‍न निक्‍कै कठिनाई भएको थियो।

सुरक्षित उद्धार गरीएका बालकहरुलाई चियाङग राय हस्पिटलमा भर्ना गरिएको छ। गत शुक्रबार थाई नौसेनाका एक गोताखोरको मृत्‍यु उद्धारको दौरानमा मृत्‍यु भएको थियो।

२०७५ असार २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्