२६ असार । सल्यानको शारदा नगरपालिका १४ मालनेटाका स्थानीय तथा विद्यार्थीलाई वर्षातको समयमा शारदा नदी वारपार गर्न निकै समस्या हुने गरेको छ । अदुवाका लागि प्रसिद्ध स्थान मालनेटा पुग्न बीचमा पर्ने शारदा खोलामा पुल नहुँदा स्थानीयले समस्या भोग्नुपरेको हो ।
बर्षातको समयमा नदीको बहाव तिव्र हुने भएकाले खोलाले बगाउने खतराका कारण स्थानीय समस्यामा परेका छन । जसका कारण विद्यार्थी तथा व्यापारी जोखिम मोलेरै भएपनि खोला तर्न बाध्य छन् ।
खोला वारपार गर्न निकै कठिनाई भएकाले झोलुँगे पुलको व्यवस्था हुन सके केही राहत हुने स्थानीयबासीको भनाई छ । खोलाकै कारण गाडी आउन नसक्दा अदुवा बित्रिमा समस्या भएको ज्ञानदेव घर्तीले बताए ।
पुल नहुँदा विद्यार्थी, व्यापारी मात्र नभई विरामीलाई औषधी उपचारका लागि सदरमुकाम खलंगासम्म ल्याउन लैजान पनि कठिन भएको छ । पुलकै अभावमा नियमित यात्रु तथा पर्यटक पनि अलपत्र परेका छन् ।
प्रतिकृया दिनुहोस्