Birendranagar Municipality

९ बुँदा प्रतिवद्धता सहित सार्वजनिक सुनुवाई लेकबेसीमा सम्पन्न

सेरोफेरो
९ बुँदा प्रतिवद्धता सहित सार्वजनिक सुनुवाई लेकबेसीमा सम्पन्न

२७ असार । नगरपालिकाले प्रवाह गरेका सार्वजनिक सेवा र वस्तुको गुणस्तरका बारेमा आज सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ९ बुँदे सार्वजनिक प्रतिवद्धता पारित गरिएको छ ।

 

जसमा एकिकृत सम्पत्तिकरलाई ब्यवस्थित बनाइ भुमि ब्यवस्थापनका लागि कार्य गर्ने, स्थानीय प्राकृतिक श्रोत साधनको सहि तथा समुचित प्रयोग र उपयोग गर्ने, लक्षित वर्गका कार्यक्रम प्रभावकारिता बनाउने, सार्वजनिक सुनुवाइलाई निरन्तरता दिने, नगरको समग्र समृद्धिको योजना बनाउने, विद्युत र टावरका लागि सरोकारवाला निकायको ध्यान आकर्षण गर्ने, नगरपालिकाले बनाउने कानुन नागरिक मैत्री बनाउन ब्यापक छलफल गर्ने, नगरपालिका तथा वडा कार्यालयमा हरुमा अभिलम्ब नागरिक वडापत्र, सुचना पार्टी लगाएतका ब्यवस्था गर्ने, उपभोक्ता समिति गठन गर्दा ब्यापक भेला भइ वडा सचिव, वडा अध्यक्ष सहित जनप्रतिनिधिको सहभागितमा गराउने जस्ता सामुहिक प्रतिवद्धता गरिएका छन् ।


कार्यक्रममा सेवा ग्राहीले उठाएका प्रश्नको नगर प्रमुख गगनसिंह सुनार, उपप्रमुख शान्तिकुमारी छम्तेल, प्रमुख प्रशासकिय अधिकृत टीकाराम ज्ञवाली, प्राविधिक शाखा प्रमुख मोहन गुप्ता लगाएतले सर्वसाधारणका जिज्ञासाको जवाफ दिएका थिए ।

 

कार्यक्रममा सबै वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्य, शाखा प्रमुखहरु सहितको सहभागिता रहेको थियो । कार्यक्रम असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेत, सुन्दर नेपाल संस्था, तथा नगरपालिकाको सयुक्त आयोजनमा भएको थियो । कार्यक्रमको सहजीकरण हरिप्रसाद अधिकारीले गरेका थिए ।

 

२०७५ असार २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्