Birendranagar Municipality

लाटिकोईलीमा धार्मीक महोत्सब हुंदै

सिता वली/सुर्खेत
लाटिकोईलीमा धार्मीक महोत्सब हुंदै

२७ असार । सुर्खेतको प्रख्यात धार्मीक स्थल वीरेन्द्रनगर ९ को लाटीकोईलीमा धार्मीक शिव महामहोत्सब २०७५ सञ्चालन हुने भएको छ । बुधबार मेला आयोजक समितीले पत्रकार सम्मेलनको आयोजना गरी मेला बारे जानकारी दिएको थियो । यहि साउन ७ गतेदेखी १७ गतेसम्म शिब मन्दिर परिसरमा महोत्सब सञ्चालन हुंदैछ । जिवित मन्दिरहरु मध्येको एक मन्दिर लाटीकोईली शिव मन्दिर रहेको र यसलाई आकर्षक र पर्यटकिय स्थलको रुपमा विकास गर्नको लागी मेलाको आयोजना गर्न लागीएको मेला आयोजक समितीका संयोजक ध्रुव कुमार श्रेष्ठले बताएका छन् ।


श्री सम्बत् १६३९ मा स्थापना भएको हिन्दुधर्मावलम्बीहरुको पुरानो मन्दिर लाटिकोईलीको शिबमन्दिरलाई संरक्षण र आकर्षक बनाउने भन्दै मेलाको आयोजना हुंदैछ । उनले भने ‘सुर्खेतको प्रख्यात पर्यटकिय स्थल कांक्रेविहारको आडैमा भएको लाटीकोईली शिबमन्दिरमा भक्तजनहरुको भिडलाग्ने तर मन्दिरमा आउने भक्तजनहरुका लागी खानेपानी, शौचालय जस्ता आधारभुत कुराहरु केहिपनी नभएकोले यो महोत्सबको आयोजना गर्न लागीएको हो ।

 

’उनी थप्छन् ‘ मेलाबाट उठेको रकमले मन्दिर वरीपरि तारबार तथा शौचालय, फुलबारी र सादुआश्रम निर्माण गरिने छ ।’ शिब मन्दिर लागुपदार्थ प्रयोगकर्ताहरुको थलो बन्दै गरेकोले यसलाई भक्तजनको आकर्षणको थलो बनाउने महोत्सबको मुख्य उद्देश्य रहेको समेत श्रेष्ठले बताएका छन् ।


मेलामा करिब १ करोड रकम उठ्ने अनुमान गरिएको छ । महोत्सबमा शिवपुराण, योग, शिवभजनकृतन तथा विभिन्न धार्मीक प्रस्तुती, लक्ष्यवत्ति प्रज्वलन, सामुहिक व्रतबन्ध, गाईको परिक्रमा गरी गोदन लगाएतका कार्यक्रम महोत्सबमा रहने छन् । महोत्सबमा रकम दान गर्ने दाताहरुलाई खादा तथा दोसल्लाले सम्मान गरिने आयोजकले बताएको छ ।

२०७५ असार २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्