२७ असार । सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेखित नीति र कार्यक्रमको मन्त्रालय गत रुपमा प्रधानमन्त्री समक्ष ब्रिफिङ्ग गरिएको छ । प्रधानमन्त्री कार्यालयमा शुरुभएको कार्यक्रममा सम्पुर्ण मन्त्री तथा मन्त्रालयका सचिवहरुको उपस्थिती रहेको छ ।
प्रधानमन्त्री कार्यालयसहित २१ वटै मन्त्रालयका सचिवहरु विभागीय मन्त्रीको उपस्थितिमा आ–आफ्ना मन्त्रालयका कार्ययोजना प्रस्तुत भएको जनाइएको छ । यस आर्थिक वर्षमा संचालन गर्ने कार्यक्रम तथा अन्य विभिन्न शैद्धान्तिक पक्ष भएमा सो बारे पनि प्रधानमन्त्री समक्ष कार्ययोजना प्रस्तुत भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिए ।
सरकारको नीति तथा कार्यक्रममा बजेटमा परेका कुराहरुको कार्यान्वयन कार्य योजना प्रस्तुत पश्चात सो अनुसार काम भए नभएको बारे प्रधानमन्त्री कार्यालयबाट सुक्ष्म अनुमगन गरिने छ’ प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।
उक्त कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, सचिव लगाएत राष्ट्रिय योजना आयोगको उपाध्यक्ष तथा प्रधानमन्त्रीका सल्लाहकार लगायतको सहभागिता रहेको छ ।
प्रधानमन्त्रीबाट मन्त्रालयहरुलाइ सुझाव
मन्त्रालयगत योजनाको जानकारी लिएपछि प्रधानमन्त्री ओलीले विभिन्न सुझाव दिएका छन् । सहकारीहरुलाई वित्तीय कारोबार भन्दा उत्पादनतिर लाग्न जोड दिनु पर्ने प्रधानमन्त्रीको सुझाव छ । महंगी अत्याधिक बढेको सम्बन्धमा कडा ढंगले अनुगमन गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । यसैगरी दुर्घटना कम गर्नका लागि सडक निर्माण गर्दा नै पहाडी तथा हिमाली क्षेत्रम अनिवार्य रुपमा सडक सुरक्षित गर्ने ‘सेफ्टी वारमर’ राख्न्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
प्रतिकृया दिनुहोस्