Birendranagar Municipality

बराहतालमा काँग्रेस विजयी

सेरोफेरो

३ जेठ, सुर्खेत । बराहताल गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका तेज बहादुर बस्नेत विजयी भएका छन् । उनले नेकपा एमालेका ताराकेशर गौतमलाइ पराजित गरेका हुन् । बस्नेतले तीन हजार दुई सय ३१ मत प्राप्त गरेका थिए भने एमालेका गौतमले दुई हजार नौ सय ८४ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा माओवादी केन्द्रका बल बहादुर कठायतले एक हजार नौ सय ८४ मत प्राप्त गरेका छन् ।


उपाध्यक्षमा नेपाली काँग्रेसकै शोभा कुमारी शर्मा विजयी भएकी छन् । उनले तीन हजार तीन सय २२ मत प्राप्त गरेकी छन् । नेकपा एमालेकी आशा थापाले तीन हजार दुई सय मत प्राप्त गरेकी छन् । नेकपा माओवादी केन्द्रकी गोमा गुरुङले एक हजार नौ सय मत प्राप्त गरेकी छन् ।

 

२०७४ जेठ ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्