Birendranagar Municipality

प्रधानमन्त्री ओलीले चिनियाँ राजदुतलाई भद्र र रुपसी नामक गैंडा प्रदान

सेरोफेरो
प्रधानमन्त्री ओलीले चिनियाँ राजदुतलाई भद्र र रुपसी नामक गैंडा प्रदान

२८ असार । नेपाल सरकारले चीन सरकारलाई एक जोडि गैंडा हस्तान्तरण गरेको छ । चीन सरकारलाई नेपालको तर्फबाट एकजोडी गैंडा हस्तान्तरण गर्दै प्रधानमन्त्रीओलीले बिहिबार दुइ देशको सम्वन्धलाइ अझ व्यापक बनाउनुपर्नेमा जोड दिए ।

 

प्रधानमन्त्रीओलीले दुई देश बीचको परम्परागत सम्बन्धलाई गैंडा उपहारले थप मजवुद बनाएको बताएका छन् । भृकुटी र अरनिकोबाट सुरु भएको नेपालचीन सम्बन्धलाई भद्र र रुपसीले थप गाढा बनाएको प्रधानमन्त्रीको भनाइ छ ।


प्रधानमन्त्री ओलीले नेपालका लागि चीनका राजदुत यु होङलाई प्रकृति संरक्षण कोष खुमलटारमा भद्र र रुपसी नामका गैंडाको जोडी हस्तान्तरण गरेका हुन् । हस्तान्तरणपछि प्रधानमन्त्रीओलीले भने “भद्र र रुपसी चीनमा आफ्नै घर जस्तो गरी स्वास्थ्य ढंगले हुर्किनेछन् । सन्तान वृद्धि गर्नेछन् ।”


वन्यजन्तुको संरक्षणका लागि सरकार संवेदनशील रहेको प्रधानमन्त्रीओलीले बताए । “वन्यजन्तु र प्रकृतिको संरक्षणका लागि हामीले पूर्व देखि पश्चिमसम्मका विभिन्न ठाउँमा आरक्षण र संरक्षण क्षेत्र बनाएका छौं ” प्रम ओलीले भने ।


ओलीले नेपालवन्यजन्तु र चराचुरुङ्गीका लागि विशेष क्षेत्र भएको समेत बताए । साइवेरिया देखि श्रीलंका सम्मका चरा नेपालमा प्रजन्का लागि आउनु त्यसैको एउटा नमुना भएको प्रधानमन्त्रीको भनाइ छ । दुई वर्ष भन्दा कम उमेरका भद्र र रुपसी चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको हो ।

Raino Handover

२०७५ असार २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्