Birendranagar Municipality

प्रस्तावित प्रधानन्यायाधी जोशीविरुद्ध उजुरी आह्वान

सेरोफेरो/काठमाडौं 
प्रस्तावित प्रधानन्यायाधी जोशीविरुद्ध उजुरी आह्वान

२९ असार । संसदीय सुनुावाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध उजुरी आह्वान गरेको छ । बिहिबार बसेको समितिको बैठकले शुक्रबारदेखि दश दिनभित्र सर्वसाधरण समेतसँग उजुरी आह्वान गरेको हो ।

 

संघीय संसद् सचिवालयका सहसचिव ध्रुव घिमिरेले प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध उजुरी आह्वान गरिएको बताए । उनले भने, ‘सुनुवाइको प्रक्रिया अघि बढेको छ । हामीले शुक्रबारदेखि सुरु हुनेगरि दश दिनसम्म उजुरी माग गर्दै सार्वजनिक सूचना जारी गरेका छौँ ।’

 

उजुरी समिति सचिवालयमा दर्ता गर्न वा इमेलबाट दिन पनि मिल्नेछ । समितिले उजुरी अध्ययन गरेपछि उजुरीकर्तासँग पनि छलफल गर्नेछ । उजुरीकर्तासँगको छलफलपछि समितिले पदाधिकारीलाई सुनुवाइका लागि आमन्त्रण गर्ने प्रावधान छ ।

 

संवैधानिक परिषद्ले जेठ २९ गते प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिस गरेको थियो ।

 

यसैवीच समितिको बैठकले सुनुवाइको कार्यविधि समेत पारित गरेको छ । कार्यविधिमा सुनुवाइसम्बन्धी यसअघिका व्यवस्थालाई नै निरन्तरता दिइएको छ ।

 

सुनुवाईमा कुनै पनि पदाधिकारी समितिको दुई तिहाइ बहुमतले अनुमोदन हुन नसकेमा अस्वीकृत हुने व्यवस्था गरेको छ । सुनुवाइसम्बन्धी काम ४५ दिनभित्र टुँगो लगाउनुपर्नेछ ।

२०७५ असार २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्