२९ असार । एसइई परीक्षालाई सबैले महत्वका साथ हेर्दछन् । यसकै नतिजाको आधारमा विद्यार्थीले आफ्नो उच्च शिक्षाको बाटो तय गर्ने भएकाले पनि यसको बेग्ले महत्व छ ।
यसका साथै समाजमा यसले पार्ने प्रभाव पनि उच्च छ । र, अर्को कुरा हो एसइई राष्ट्रियस्तरको परीक्षा हुनु । यी सबै कारणले गर्दा एसइईले सबैतिर चर्चा पाउँछ । यसको नतिजा प्रकाशन हुँदा देशव्यापी हल्ला हुन्छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित विद्यालयबाट राम्रो नतिजा (ए प्लस) हासिल गर्न सफल केही विद्यार्थीलाई अबको लक्ष्य के? भनेर सेरोफेरोले सोधेको थियो । उनीहरुको भनाई जस्ताको तस्तै सेरोफेरो चौतारीमा ।
प्रदिप राना
श्री जनमावि, सुर्खेत

- पढेअनुसारको नतिजा आएको छ ।
- काडमाडौंमा साईन्स पढ्ने योजना छ ।
- काठमाडौंमा अनुभवी शिक्षक, राम्रा कलेज र पढ्ने वातावरण छ । छात्रवृत्ति पाएं भने काठमाडौं जान्छु ।
- अब एसइई दिनेलाइ फ्रेस दिमागमा निरन्तर मेहनेत गरेर पढ्न सुझाव दिन्छु ।
- सुर्खेतका विद्यालयहरुले अनुभवी शिक्षकहरु ल्याई, सेवा सुविधा बढाउनु राम्रो हुन्छ ।
गणेश भण्डारी
श्री जनमावि, सुर्खेत

- मेहनेत अनुसारको फल पाएको छु ।
- काठमाडौं गएर पढ्ने योजना छ ।
- भविष्यमा मुटुरोग विशेषज्ञ बन्ने लक्ष्य छ ।
- काठमाडौंमा पढाई तथा सेवा सुविधा राम्रो हुन्छ । विभिन्न क्षेत्रमा सम्बन्ध विस्तार पनि हुन्छ ।
- सुर्खेतका विद्यालयहरुले गुणस्तरमा बृद्धि गर्नुपर्दछ । अनुभवी शिक्षक नियुक्त गर्नुपर्दछ ।
नेहा थापा
श्री अमरज्योति नमूना मावि, सुर्खेत

- पढेअनुसारकै नतिजा आउँदा खुशी लागेको छ ।
- बन विज्ञान पढ्ने सोच छ ।
- सुर्खेतमै पढ्छु होला ।
- नयाँ साथीलाई विद्यालयमा मात्र नभई घरमा समेत निरन्तर पढ्ने तथा अतिरिक्त क्रियाकलापमा समेत भाग लिन सल्लाह दिन्छु ।
मदन सापकोटा
श्री अमरज्योति नमूना मावि, सुर्खेत

- राम्रै दिएको थिंए तर सोचे अनुसारको नतिजा आएन ।
- काठमाडौंमा साइन्स पढ्ने योजना छ ।
- सुर्खेतका विद्यालयहरुमा अनुभवी शिक्षक छैनन् । राम्रो सेवासुविधा छैन । चुनौती धेरै छन् । अवसर पनि कमै पाइन्छ ।
- अब एसइई दिनेलाई मरो सुझाब विद्यालय र घरमा पनि मेहनेत गरेर पढ्ने ।
हेमन्त थापा ए प्लस
इगरब्रिज मावि, सुर्खेत

- काठमाडौंमा गएर साइन्स पढ्ने योजना छ ।
- सुर्खेतका कलेजहरुमा ल्याब, लाईबे्ररी लगायतका आधुनिक प्रविधि कम छन् । यसमा सुधार नगरेसम्म सुर्खेतका कलेजले राम्रा विद्यार्थी आकार्षित गर्न सक्दैनन् ।
- अब एसइई दिनेलाई हरेक दिन राम्रो संग पढ्न सुझाब दिन्छु । प्रत्येक दिन नयाँ कुरा सिक्ने प्रतिज्ञा गर्नुपर्छ ।
दिलीना गौतम
इगरब्रिज मावि, सुर्खेत

- काठमाडौंका कलजमा म्यानेजमेन्ट पढ्ने योजना छ ।
- अरु सबै विषयमा पढेअनुसारको अंक ल्याएकी छु तर कम्प्युटरमा भने सोचेअनुसारको अंक ल्याउन सकिन ।
- म घरपरिवारको सल्लाहमा काठमाडौं आएकी हुँ । मेरा दाईहरु पनि काठमाडौं पढ्ने भएकाले मलाई पनि घरबाट काठमाडौंमै पढ्न दबाव आएकोे हुनसक्छ ।
- सुर्खेतबाट राम्रो अंक ल्याएका प्रायः विद्यार्थीहरु काठमाडौं पढ्न जाने ट्रेन्ड पहिलेदेखिकै हो । सुर्खेतका कलेजले राम्रा विद्यार्थी आकर्षण गर्न सकेका छैनन् ।
शिवशंकर अधिकारी
उषा बालबाटिका मावि, सुर्खेत

- उषा बालबाटिकामै साइन्स पढ्ने योजना छ ।
- पढेअनुसारको नम्बर त आएन तैपनि खुशी छु ।
- पहिलेदेखिनै काठमाडौं जाने चलन भएकाले हो । हाल सुर्खेतमा पनि राम्रा कलेज छन् ।
- अब एसइई दिनेलाई मेरो सुझाव परीक्षाको लागि मात्र नभई जहिलेपनि तत्परताका साथ पढ्नु ।
बबिता शाही
उषा बालबाटिका मावि, सुर्खेत

- उषामै साइन्स पढ्ने योजना छ ।
- सुर्खेतमा पनि राम्रा कलेज छन् । तर धेरै जना काठमाडौं जाने चाहना राख्छन् ।
- अब एसइई दिनेलाई मेहनेत गरेर पढ्न सुझाव दिन्छु ।
२०७५ असार २९ मा प्रकाशित
प्रतिकृया दिनुहोस्