२९ असार । सुन्दर नेपाल संस्थाद्वार सञ्चालित अनुकुलन परियोजनाको अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । शुक्रबार वीरेन्द्रनगरमा भएको उक्त गोष्ठीमा परियोजनाको पहिलो चरणको कार्यक्रमको समीक्षा तथा आगामि कार्यक्रमबारे छलफल भएको हो ।
अनुकुलन परियोजना युकेएडको आर्थिक सहयोग र एनट्याग नेपालको समन्वयमा सुन्दर नेपाल संस्थाले सञ्चालन गरेको हो । परियोजनाको पहिलो चरण सन् २०१५ देखि १७ सम्म र दोस्रो चरण २०१८ देखि १९ सम्म सञ्चालन हुने संस्थाका कार्यकारी निर्देशक भुपेन्द्रप्रसाद कंडेलले जानकारी दिए ।
सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुसालको अध्यक्षतामा भएको उक्त गोष्ठीमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले प्रमुख वक्ताका रुपमा धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस्