Birendranagar Municipality

डा. केसीको समर्थनमा प्रदर्शन

सेरोफेरो/काठमाडौं
डा. केसीको समर्थनमा प्रदर्शन

तस्बिर : कान्तिपुर

३० असार । कर्णाली प्रदेशको जुम्लामा दुई सातादेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा सघीय राजधानी काठमाडौंमा प्रदर्शन गरिएको छ । डा. केसीको जीवन रक्षाका लागि सरकारले ठोस कदम अगाडि नबढाएको भन्दै प्रदर्शन गरिएको हो ।

 

शनिबार भएको उक्त प्रदर्शनमा प्रा. केदारभक्त माथेमा, नेताहरु रविन्द्र मिश्र, गगन थापा लगायत विभिन्न पेशाकर्मीहरु सहभागी भएका छन् । प्रदर्शनका क्रममा सबैले डा. केसीको जीवन रक्षा गर्न सरकारसंग आग्रह गरेका छन् । उनीहरुले सरकार क्रुर बन्दै गएकोमा आक्रोश समेत व्यक्त गरेका थिए ।

२०७५ असार ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्