३० असार । नेपाल सरकारको कुनैपनी परिचयपत्र प्राप्त नगरेका लोपउन्मुख राउटे जातिले स्थायी परिचयपत्र प्राप्त गरेका छन् । दैलेखको गुराँस गाउंपालिकाले राउटे समुदायका ४२ घरपरिवारका १ सय ४९ जनालाई परिचयपत्र वितरण गरेको हो ।
गुराँस गाउँपालीका ८ गर्चा खोलामा बस्दै आएका राउटेसमुदायलाई शनिबार एक कार्यक्रमको आयोजना गरी परिचयपत्र वितरण गरिएको हो । स्थायी परिचयपत्र प्राप्त गरिसकेपछि राउटेहरुलाई सामाजीक सुरक्षा भत्ता लिन सजिलो हुने गुराँस गाउँपालीकाका अध्यक्ष खेमराज वलीले बताएका छन् । उनले भने ‘सामाजीक सुरक्षा भत्ता लिन र अभिलेखको लागी समेत राउटेलाई दिईएको परिचयपत्रले सहज हुनेछ ।
संदियौंदेखी जंगलमा घुमन्ते फिरन्ते जिवन बिताउंदै आएका राउटे जातिलाई स्थायी रुपमा बसोबासको व्यवस्था मिलाउने कुरामा पनी गाउँपालिकाले पहल गर्नेछ । उनले थपे ‘राउटेलाई शिक्षा दिन र उनीहरुसंग काम गर्न सहजताका लागी गाउँपालिकाले तिनजना कर्मचारी समेत नियुक्ति गरेको छ ।’ गुराँस गाउँपालीका ८ गर्चा खोलामा बस्दै आएका राउटेसमुदायको बस्तीमै गएर स्थायी परिचयपत्र वितरण गरिएको थियो ।
कार्यक्रम गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीको अध्यक्षता तथा सामाजीक विकास मन्त्रालयका सचिब गिरीजा शर्माको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
हाम्रा जनता भोकै छन् परिचय पत्रले केहि हुदैन : राउटे मुखिया
परिचयपत्र मात्रैले केहि नहुने राउटे समुखायका महामुखीया महिन बहादुर शहिले बताएका छन् । उनले भने ‘हाम्रा जनता भोकै छन् । परिचयपत्रमात्रैले केहि पनी हुंदैन हामीलाई खाद्यन्न र लत्ता दिनुपर्दछ ।’ संधै एकैठाउंमा पनी बस्न नसक्ने भन्दै राउटेहरुले बरु भोकै मर्ने तर संस्कृती नछोड्ने समेत बताएका छन् ।
प्रतिकृया दिनुहोस्