Birendranagar Municipality

दुई महिनामा मात्रै सात जना गर्भवतीको हेलिकोप्टरबाट उद्धार

रत्न भण्डारी (रबिन) /हुम्ला
दुई महिनामा मात्रै सात जना गर्भवतीको हेलिकोप्टरबाट उद्धार

३२ असार । जेठ र असार दुई महिनामा मात्र हुम्लाका दुर्गमु क्षेत्रका सात जना गर्भवती महिलाहरुको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।


तीन देखि चार दिनसम्म गाँउमा बेथा लाग्दा पनि बर्थिङ सेन्टरको अभाबमा हेलिकोप्टरबाट जिल्ला अस्पताल हुँदै जिल्ला बाहिर लिइएको हो । गत जेठ ९ गते देखि असार असार १९ गते सम्म जिल्लाका दक्षिणी क्षेत्रका गाउँपालिकाका दुर्गम वडाबाट सात जना गर्भवतीलाई ब्यथा लागेर निक्कै जटिल अवस्थामा पुगेपछी हेलिकोप्टरले उद्धार गरेको थियो ।   


उद्धार  गरिएकामध्ये तिन जनाको जिल्ला अस्पतालमा सफल रुपमा सुत्केरी गराईएको र ४ जनाको को जुम्ला, सुर्खेत र नेपालगन्जमा रिफर गराईएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रञ्जित कुमार यादवले बताए ।

 

जिल्ला बाहिर रिफर गराईएका ४ जना महिला पनि सफल रुपमा सुत्केरी भएको र हेलीकप्टेर  उद्धारको लागी आवश्यक आर्थिक सहयोग गाउँपालिका र जिल्ला अस्पताल कार्यलयले गरेको बताईएको छ ।


जेठ ९ गते खार्पुनाथ गाउँपालिका वडा न ५ कि लालपुरी कामीको पहिलो पटक र हेलिकोप्टर बाट  उद्धार गरीएको थियो । यसैगरी असार २ गते चङखेली गाउँपालीका वडा न २ मेखालकी कल्पना बुढा, असार ३ गते चङखेली गाउँपालीका कै बसन्ती शाही र असार १२ गते चङखेली गाउँपालीका वडा न ७ कि नन्द देबि एडी, असार १९ गते चङखेली गाउँपालीका वडा न १ कि सम्जना शाही भण्डारी र त्यसैगरी मिती उल्लेख नभएकी ताजाकोट गाउँपालीका कि जुन कला रोकाया र चङखेली गाउँपालीका वडा न २ कि नन्दपुरी कार्मी को  उद्धार गरीएको जिल्ला अस्पतालले जनाएको छ ।


उद्धार गरिएकी सातै जना महिलाको उमेर ३० कटेको छैन् । पछिल्लो समय जिल्लाका दुर्गुम क्षेत्रका सुत्केरी व्यथा लाग्ने महिलाको अवस्था जटिल बन्दै गएको छ । यस्तो समस्या परेकी महिला हरुको उद्धारको लागी जिल्ला अस्पतालमा बजेटको व्यवस्था भएको हुँदा सहज भएको हो । 

२०७५ असार ३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्