३२ असार । अनसनको १६ औ दिन पुग्दा डाक्टर गोविन्द केसीसंग बाहिरी भेटघाटमा प्रतिवन्ध लगाइएको छ ।
स्वास्थ्य अवस्था दिन प्रति दिन विग्रदो अवस्थामा रहेकोले बाहिरी संक्रमणको खतरा रहेको भन्दै भेटघाटमा प्रतिवन्द लगाइएको चिकित्सकले बताएका छन् ।
केसीको स्वास्थ्य अवस्था बुझ्न दैनिक १ सय ५० भन्दा बढी आउँछन् ।
चिकित्सक नारायण कडेलले भने, अहिले हामीले कसैलाई भेट्न दिएका छैनौ , उहाँले चिकित्सक संग पनि बोल्न सक्नु हुन्न । जति बेला पनि अकल्पनिय घटना हुन सक्ने भएकोले अत्यावश्यक सामग्री पुर्व तयारीमा रोखेका छौं ।'
प्रतिकृया दिनुहोस्