Birendranagar Municipality

नवनिर्वाचित उपमेयरमाथि आक्रमण : २५ घाइते, दुई गम्भीर

सेरोफेरो
३ जेठ, दैलेख । चामुण्डा विन्द्रासैनी नगरपालिकाका नवनिर्वाचित उपमेयर तारा शाहीमाथि आक्रमण गरिएको छ । शाहीको टोलीले विजय उत्सव मनाइरहेको समयमा आक्रमण हुँदा २५ जना घाइते भएका छन् ।


आक्रमणबाट घाइते भएकामध्ये योगेन्द्र शाही र मदन शाही गम्भीर छन् भने स्थिति तनावग्रस्त रहेको छ ।


दैलेखका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले घटनालाई निन्दनीय भनेका छन् । आक्रमण कसले किन गरेको भन्नेबारे विस्तृत जानकारी आइसकेको छैन । विस्तृत छानविनका लागि प्रहरी निरीक्षकसहितको टोली घटनास्थलतर्फ गएको प्रजिअ दुलालले सेरोफेरोलाई जानकारी दिए ।


शाही नेकपा एमालेबाट चामुण्डा विन्द्रासैनी नगरपालिकाको उपमेयर पदमा आजै निर्वाचित भएकी थिइन् ।

२०७४ जेठ ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्