Birendranagar Municipality

आन्दोलनमा उत्रियो काँग्रेस, चिकित्सा शिक्षा विधेयक मुख्य मुद्दा

सेरोफेरो/काठमाडौं
आन्दोलनमा उत्रियो काँग्रेस, चिकित्सा शिक्षा विधेयक मुख्य मुद्दा

१ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका पछिल्ला गतिविधि र निर्णयका विरुद्ध आन्दोलन घोषणा गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बिहान बसेको पदाधिकारी बैठकले साउन ३ देखि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

 

सरकारले डा. गोविन्द केसीसंँग भएको सम्झौता अनुसारको चिकित्सा शिक्षा विधेयक संसदमा नल्याएको विरोधमा कांग्रेसले संसद अवरोध गर्दै आएको छ। यही मुद्दालाई केन्द्रमा राखेर काँग्रेसले आन्दोलनको घोषणा गरेको हो । उसले सरकार जनवादी केन्द्रियताको शैलीमा अघि बढेको ठहर समेत गरेको छ।

 

आन्दोलनका कार्यक्रम
साउन ३ : संघीय संसद र सातवटै प्रदेशसभाका बैठक अवरुद्ध गर्ने । साथै प्राध्यापक संघ र नेपाल चिकित्सक संघको नेतृत्वमा संयुक्त जुलुश प्रदर्शन ।
साउन ५ : तरुण दलको नेतृत्वमा राजधानीमा प्रदर्शन ।
साउन ६ गते : विपी दिवसका अवसरमा राजधानीमा अन्तरक्रिया ।
साउन ८ गते : भक्तपुर, ललितपुर र काठमाडौं कांग्रेसको संयुक्त नेतृत्वमा प्रदर्शन ।
साउन १५ गते : ७७ जिल्लाकै सदरमुकाममा एकसाथ संयुक्त प्रदर्शन ।

२०७५ साउन १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्