Birendranagar Municipality

शिक्षण सिकाईका लागि १४ वटा विद्यालयले पाए अनुदान

रबिन भण्डारी /हुम्ला
शिक्षण सिकाईका लागि १४ वटा विद्यालयले पाए अनुदान

२ साउन । शिक्षा बिभागबाट शिक्षण सिकाईका लागि आएको बजेट मापदण्ड पुगेका १४ वटा बिद्यालयहरुलाई बितरण गरिने भएको छ । बिभागले निर्धारण गरेको मापदण्ड पुगेका हुम्लाका १४ वटा बिद्यालयलाई उक्त अनुदान रकम उपलव्ध गराउने निर्णय गरिएको हो ।


बिभागबाट प्राप्त अनुदान रकम जिल्ला शिक्षा समन्वय समितिको बैठकद्धारा बाँडफाँड गरिएको शिक्षा बिकास तथा समन्वय समितिका प्रमुख बर्ख वहादुर फडेराले बताए । मावि तहका लागि ७ लाख ६० हजार रुपियाँ आएकोमा त्यसवाट मावि स्केलको तलव सुविधा पाउने गरि खार्पुनाथ गाउँपालिकाको हुम्ला मावि राया र सिमकोट गाँउपालिकाको कैलाश मावि डाँडाफया छनौट भएको उनले बताए ।


त्यसै गरि आधारभुत तहमा पाँच वटा बिद्यालय छनौट भएका छन् । जसका लागि १४ लाख ६५ हजार रुपियाँ अनुदान आएको थियो । फडेराका अनुसार उक्त रकम नाम्खाको तातो पानी आधारभुत बिद्यालय, सर्केगार्डको देवकोटा आधारभुत बिद्यालय, चंखेलीको चंखेली आधारभुत विद्यालय, अदानचुलीको जनकल्याण आधारभुत, ताँजाकोटको जनप्रकाश आधारभुत बिद्यालय छनौट भएका छन् ।


त्यसै गरी प्राविका लागि १९ लाख ३२ हजार आएकोमा उक्त रकम सिमकोटको कालाशिल्ता प्रावि ठेहे, सर्केगार्डको सृजनशिल प्रावि, नाम्खाको खिरपानी प्रावि, खार्पुनाथको सरस्वती प्रावि सेराडिल, ताँजाकोटका जगतमाला प्रावि, अदानचुलीको पागर पानी प्रावि लौठी, चंखेलीको कान्ति प्रावि मिमिले पाउने भएका छन् ।


अनुदान बितरणका कुनै पनि दरवन्दी नभएका र तीन शैक्षिक सत्र पुरा भएका, लेखा परिक्षण गरेका, विद्यालय ब्यबस्थापन समिति गठन भएका र सामाजिक लेखा परिक्षण भएका बिद्यालय छनौटमा योग्य ठहरीएका हनु ।

२०७५ साउन २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्