Birendranagar Municipality

जीप दुर्घटना हुँदा ७ को मृत्यु, ४ घाईते

मनिषा केसी/रुकुम
जीप दुर्घटना हुँदा ७ को मृत्यु, ४ घाईते

२ साउन । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट धौलापैरातर्फ जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप बुधबार दिउँसो सिस्ने गाउँपालिका –५, धार्पानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

 

दुर्घटनामा परी मृत्यु हुनेहरुमा रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका –२ का २२ वर्षीय किरण पुन, पुथा उत्तरगंगा गाउँपालिका –१ का ३५ वर्षीय कुमार पुन, ३३ वर्षीय बुद्धिराज पुन, पुथा उत्तरगंगा –१३ कि तिर्सना तुलाचन, पुथा उत्तरगंगा –१४ कि सालिनी बर्मा (सीता), भूमे गाउँपालिका –४ का २८ वर्षीय अर्जुन विक र कोहलपुर बाँकेकी २० वर्षीया ललिता परियार रहेका छन् ।

 

जीप दुर्घटना हुनुपूर्व सडकको भित्तातिर मोडेपनि नियन्त्रणमा नआएको र गाडीबाट तेल चुहिएको देखिएकोले जीपमा प्राविधिक समस्या भएर दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख डिएसपी प्रविणलाल श्रेष्ठले बताए । जीप दुर्घटना भएर सडकभन्दा करिब एकसय मिटर तल पुगेको थियो ।

 

घाईतेहरुको अवस्था गम्भीर भएको र गाडिबाट वर्षातको सडक विभिन्न ठाउँमा अवरुद्ध हुने भएकोले हेलिकप्टर मार्फत थप उपचारको लागि काठमाण्डौ पठाईएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

 

त्यस्तै दुर्घटनामा परी ४ जना घाईते भएका छन् । घाईतेहरुमा जीप चालक रुकुम पश्चिम मुसीकोट नगरपालिका –१२ का ५२ वर्षीय जयवीर कामी, रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका –११ का २५ वर्षीया प्रमिला बुढामगर, सोही गाउँपालिका वडा नम्बर २ का २७ वर्षीय धनिराम पुन र सम्झना पुन रहेको प्रहरीले जनाएको छ ।

 

घाईतेहरुमध्ये सम्झना पुनको अवस्था गम्भीर रहेको बताईएको छ ।

२०७५ साउन २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्