Birendranagar Municipality

सुर्खेतकै पहिलो मेयर बने एमालेका गगनसिंह

सुर्खेतकै पहिलो मेयर बने एमालेका गगनसिंह

सेरोफेरो
३ जेठ, सुर्खेत । लेकबेशी नगरपालिकाको मेयरमा नेकपा एमालेका गगनसिंह सुनार विजयी भएका छन् । उनले नेपाली काँग्रेसका उमेश पौडेललाई हराई मेयर पदमा निर्वाचित भएका हुन् । सुनारले पाँच हजार तीन सय १७ मत प्राप्त गरेका थिए ।

 

उपमेयरमा एमालेकै शान्तिकुमारी छन्त्याल विजयी भएकी छन् । 

 

नगरपालिकाका १० वडामध्ये २ र ४ मा नेपाली काँग्रेस तथा ५ मा माओवादी केन्द्रका उमेदवारहरु अध्यक्ष पदमा विजयी भएका छन् भने बाँकी सात वडामा एमालेले जितेको छ ।

 

२०७३ जेठ ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्