Birendranagar Municipality

नगर सभाबाट पास भएको बजेटमा जनप्रतिनिधिको असन्तुष्टि

सेरोफेरो/सुर्खेत
नगर सभाबाट पास भएको बजेटमा जनप्रतिनिधिको असन्तुष्टि

२ साउन । सुर्खेतको भेरीगंगा नगरपालिकामा गत असार ३२ गते बसेको नगरसभाबाट पारित भएको नीति तथा कार्यक्रमको जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन् ।

 

बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले सत्ता पक्षबाट प्रतिपक्षको मागलाई बेवास्ता गरी हिटलर शैलीबाट नीति तथा कार्यक्रम र बजेट पास गरेको भन्दै आपत्ति जनाएका हुन् ।

 

बामगठबन्धनका तर्फबाट बिजयी २८ जना जनप्रतिनिधिहरुले नगरसभाबाट पास गरेको बजेटबारे असन्तुष्टि जनाउँदै आएका छन् । भेरीगंगा नगरपालिका १३ का वडा अध्यक्ष टिकाराम सुवेदी, १ का अध्यक्ष नवराज कार्की, ११ का तिलक डाँगी, ५ का अध्यक्ष प्रेम सारु मगर र ९ का वडा सदस्य सहित २८ जना जनप्रतिनिधिहरुले विरोध जनाएका छन् ।

 

कार्यक्रममा भेरीगंगा १३ का अध्यक्ष टिकाराम सुवेदीले जनताको मागलाई ध्यान नदिई नगरले बजेट पास गरेको आरोप लगाएका छन् । उनले भने ‘प्रत्येक वडामा एक–एक करोड रुपैयाँ छुट्याउन भनेपनि जम्मा २५–३० लाख रुपैयाँ मात्र छुट्याएको छ ।’

 

उनीहरुले पुनः नगरसभाको आयोजना गरी बजेट परिमार्जनको मागसमेत गरेका छन् ।

२०७५ साउन २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्