३ साउन । मेडिकल शिक्षा सुधारको मागसहित जुम्लामा १९ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई उपचारका लागि आज काठमाडौं ल्याइने भएको छ ।
जुम्लास्थित कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहे पनि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । बुधबार साँझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. केसीको उपचारमा सीसीयू अनिवार्य भएको निष्कर्ष निकालेपछि बसेको नेकपाको बैठकले केसीलाई काठमाडौं ल्याउने र उनका मागबारे छलफल गर्ने निर्णय गरेको हो ।
केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारीमा सरकार लागे पनि कतिबेला ल्याइँदै छ भन्नेबारे केही बताइएको छैन । यद्यपि, उनी पक्षीय चिकित्सकले भने बलजफ्ती काठमाडौं लैजान लागिएको भन्दै विरोध जनाएका छन् ।
प्रतिकृया दिनुहोस्