Birendranagar Municipality

काठमाडौं जान मानेनन् डा. केसी, भने- माया भए माग पूरा गर !

सेरोफेरो/जुम्ला

३ साउन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २० दिनदेखि आमरण अनसन बसेका डा. गोविन्द केसी काठमाडौं जान अस्वीकार गरेका छन् ।

 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र शिक्षा सचिव खगराज बरालसहितको टोली हेलिकोप्टर लिएर उनलाई लिन बिहिबार बिहान जुम्ला पुगेको थियो । प्रतिष्ठानले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको जनाएपछि बुधबार बेलुका बसेको नेकपाको बैठकले उनलाई काठमाडौं झिकाई उपचार र वार्ता गर्ने निर्णय गरेको थियो ।


तर, डा. केसीले आफूलाई सरकारले अपहरण गरेर काठमाडौं लैजान खोजेको आरोप लगाएका छन् । डा. केसीले आफ्ना सर्मथक तथा पत्रकारहरुसित भने, ‘मलाई अपहरण गरेर काठमाडौं लैजाने प्रयास भइरहेको छ । सरकार हाम्रो अभियान तुहाउने प्रयत्न गर्दैछ भन्ने सुन्नमा आएको छ ।’

 

यदि राज्य मेरो स्वास्थ्यप्रति चिन्तित छ भने मेरो माग पूरा गर्नेतिर लाग्नु पर्‍यो । त्यसो भएमा म आफैं अनसन तोडिहाल्छु ।’ डा. केसीले माग पूरा नभएसम्म ‘चन्दननाथ बाबा’को काखमा सत्याग्रह जारी राख्ने अडान लिएका छन् ।

२०७५ साउन ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्