Birendranagar Municipality

डा. केसी भेट्न गएका मुख्यमन्त्री शाहीलाई गेटबाटै फर्काइयो, प्रहरी र विद्यार्थी बीच झडप, एक दर्जन घाइते

सेनाका कर्णेलले पत्रकारलाई आपत्तिजनक शब्द प्रयोग गरेका छन् । कर्णेल सागर थापाले फोटो खिच्न गएका पत्रकारलाई दुर्व्यवहार गरेका हुन् ।
सेरोफेरो/सुर्खेत, जुम्ला
 डा. केसी भेट्न गएका मुख्यमन्त्री शाहीलाई गेटबाटै फर्काइयो, प्रहरी र विद्यार्थी बीच झडप, एक दर्जन घाइते

३ साउन । २० दिनदेखी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनसन बसिरहेका डा. गोबिन्द केसीलाई भेट्न गएका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई केसीका समर्थकले गेटबाटै फर्काइदिएका छन् । 

 

डा. केसीको अवस्था बुझ्न बिहिबार जुम्ला पुगेका मुख्यमन्त्री शाही डा. केसीलाई लिएर सुर्खेत एयरपोर्टमा पुगेपछि पत्रकारहरुसंग कुरागर्दै भने ‘हामी डा. केसीलाई जिवनरक्षाको लागी जुम्ला नबस्न आग्रह गर्न गएका थियौं तर केसीका समर्थकले हामीहरुलाई गेटबाटै फर्काए ।’ उनले सरकारको तर्फबाट आफुहरुले डा. केसीलाई कुनैपनी जबरजस्ती नगरेको र केसी आफ्नै खुशीले काठमाडौं जान थालेको जिकिर गरे ।


जुम्लामा आफुहरु गएपछि स्थिति झन् शान्त भएको मुख्यमन्त्री शाहिले बताए । प्रदेश सरकार जुम्ला पुगेपछि स्थिती तनाबग्रस्त भएको भन्ने हल्ला झुटो भएको भन्दै उनले थपे ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोली चलेको हल्ला मात्र हो । धेरै पनि घाईते भएका छैनन् ।’ 

 

प्रहरी र विद्यार्थी बीच मुठभेड हुँदा १ दर्जन वढी घाईते

दिउँसो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा प्रहरी र विद्यार्थी बीच मुठभेड हुँदा १ दर्जन वढी घाईते विद्यार्थी घाईते भएका छन् ।

 

एक जना प्रहरी जवान कमल उपाध्याय गम्भिर घाईते भएका छन् भने एसपी समेन्द्रसिंह राठोर पनि घाइते भए एसपी राठोरको एउटा हात भांचिएको छ । एसपी राठोरले आंफु घाईते भएको विषयमा केहि बोल्न नमिल्ने बताए । भने ‘नैतीकताका आधारमा म कसरी घाईते भएँ भन्ने कुरा बोल्दिन ।’


उता प्रतिष्ठानमा अनुमानित १ करोड बराबरको क्षती भएको प्रतिष्ठान प्रशासनले जनाएको छ । जुम्लाबासीले प्रहरी प्रशासनले भौतिक संरचना तोडफोड, मानवीय क्षती गर्ने उद्देश्यले व्यवहार गरेको भन्दै प्रहरीको विरोध समेत रहेका छन् ।

 

कर्णेल सागर थापाले गरे पत्रकार माथी दुर्व्यवहार

सुर्खेतमा डा. केसीलाई भने पत्रकारले भेट्न दिइएन । मुख्यमन्त्री महेन्द्रबहादुर शाहिको आदेशमा फोटो खिच्न गएका पत्रकार शुसील खड्कालाई नेपाली सेनाका कर्नेल सागर थापाले अश्लिल शब्द प्रयोग गरेर गाली गरी फर्काइदिएपछि स्थिती तनाब ग्रस्त भएको थियो ।


काठमाडौं लिनको लागी जुम्लाबाट हेलिकप्टरबाट सुर्खेत ल्याइएको डा. केसीलाई गृहमन्त्रालयको आदेश भन्दै सुरक्षाकर्मीले कडाई गरेपछि कुने पनि सञ्चारमाध्यमले भेट्न पाएनन् ।

 

नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएका केसीलाई उनकै चाहना अनुसार हाल त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भैरहेको छ ।

 

यो पनि पढ्नुहोस् :

काठमाडौं जान मानेनन् डा. केसी, भने- माया भए माग पूरा गर !

२०७५ साउन ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्