Birendranagar Municipality

वीरेन्द्रनगर सडक छेउका रुख काटिंदै, त्यसको ठाउँमा तेजपत्ता र कपुर

सिता वली/सुर्खेत
वीरेन्द्रनगर सडक छेउका रुख काटिंदै, त्यसको ठाउँमा तेजपत्ता र कपुर

३ साउन । वीरेन्द्रनगरका सडक छेउमा अब तेजपत्ता र कपुर लगाईने भएको छ । वीरेन्द्रगनरको फोरलेन सडकको निर्माण सम्पन्न भएलगत्तै सडक छेउमा तेजपत्ता र कपुर लगाईने वीरेन्द्रनगर नगरपालीकाका मेयर देवकुमार सुवेदीले जानकारी दिए ।

 

उनले भने, ‘सडक छेउमा रोपिएका विरुवाहरु २०३२/३३ सालतिर रोपिएको हुनुपर्छ । तर ती बिरुवाहरु जिर्ण बन्दै गएका छन् । अब नगरपालिकाले सडकका छेउछाउमा नयाँ बिरुवा रोप्ने योजना निर्माण गर्दै छ । सम्भवत फोरलेन सडक निर्माणको काम लगत्तै तेजपत्ता र कपुरका बिरुवा रोपिने छ ।’

 

सडकमा विरुवाहरु ढलेर नजिकका घरहरुलाई कुनैपनि बेला क्षति गर्न सक्ने अवस्थाका छन् । हावा लागेको समयमा पनि रुख भाँचिने क्रम जारी छ । मेयर सुवेदीका अनुसार अब वन कार्यालयसंग समन्वय गरी जिर्ण भएका रुख हटाईने छ ।

 

जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख हेमराज विष्टले वीरेन्द्रनगर बजार क्षेत्रका सडका छेउमा रोपिएका कार्इंयो सल्ला, तथा ज्याकाराण्डा लगायतका बिरुवा को आयु करिब २० वर्ष भन्दा धेरै नहुने बताएका छन् । सुरक्षाका दुष्टिले समेत यी विरुवाहरु खतरा हुनसक्ने भएकोले जोखिममा रहेका रुखहरुलाई नगरले हटाउने प्रक्रिया अगाडि बढाउनु पर्ने विष्टको भनाई छ ।

Tree1

सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोईरालाले पनि करीब ४० वर्ष भईसकेका रुखहरु हटाएर नयाँ विरुवा लगाईनुपर्ने धारणा राखे । उनले भने, 'नगरको सुन्दरता र पर्यावरणीय हिसाबले पनि बजार क्षेत्रको सडक छेउमा लगाईएका बिरुवाको महत्व धेरै भएकोले समय अनुसार रुखका विरुवा रोप्नु पर्छ ।'

 

योजनाकार माधवभक्त माथेमासहितको टोलीले २०२९ सालमा वीरेन्द्रनगर नगरको योजना निर्माण गरेका थिए । उक्त गुरुयोजना निर्माणपश्चात् विभिन्न मुलुकबाट ती विरुवाहरु ल्याएर रोपिएको जानकारहरु बताउँछन् ।

२०७५ साउन ०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्