४ साउन । नयाँ आर्थिक वर्ष ०७५/०७६ को शुरुवात भई सक्दा समेत सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा अझै पनि नीति , कार्यक्रम तथा बजेट सार्वजनिक हुन सकेको छैन् । जिल्लाको पश्चिम क्षेत्रमा रहेको यो नगरपालिकामा आर्थिक वर्ष ०७५/०७६ को बजेटको विषयमा विवाद हुँदा नीति तथा कार्यक्रम सार्वजनिक हुन नसकेको हो ।
यस विषय लाई लिएर अहिले नगरपालिकाको कार्यपालिका बैठकमा समेत विवाद सुरु भएको छ । यस नगरपालिकामा नगर प्रमुख र उपप्रमुख सहित वडा अध्यक्ष कार्यपालिका सदस्यहरुको बिचमा विवाद चर्किएको छ ।
विनियोजित वजेट सिमा निर्धारण समितीले प्रत्येक वडामा २५ लाख पर्ने गरि निर्णय गरेको थियो । वडाले २५ लाखको सिमामा रहेर कार्ययोजना पेश गर्ने र बाँकी अन्य वजेट नगरपालिकाले नै विनीयोजन गरि काम गर्ने भए पछि उप प्रमुख मञ्जु यरी र वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले असहमति प्रकट गरेका छन् ।
नगर सभामा वजेट पेश गर्ने सहमति जुट्न नसकेपछि बिहिवार विहान केहि वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले सार्वजनिक स्थल सल्लीवजारमा पत्रकार सम्मेलन गरि असुन्तुष्टि समेत जाहेर गरेका छन् ।
पत्रकार सम्मेलनमा वडा अध्यक्षहरुले १३ वुंदे प्रेस विज्ञप्ती जारी गरेका छन् । नगरपालिका भित्रको विसंगति, आर्थिक चलखेल, वजेट अधिकार क्षेत्र, वजेट विनियोजित तथा वाँडफाँडमा हस्तक्षपकारी काम भएको गुनासो गरे ।
करिव २ हप्ता देखि दैनिक कार्यपालिकाको वैठक वस्दा पनि टुङोमा नपुग्दा नगर सभा सम्पन्न हुन नसकेको हो । पत्रकार सम्मेलनमा नगर उपप्रमुख सहित ८ जना वडा अध्यक्ष र ७ जना कार्यपालिका सदस्यको उपस्थिती रहेको थियो ।
यता नगरप्रमुख गोविन्द कुमार पुनले बहुमतको हुर्मत देखाएर नगरलाई असफल पार्ने खेल भएको बताएका छन् । नगर प्रमुख पुनले बिहिवार बेलुका छुट्टै पत्रकार सम्मेलन गरि भने ‘वडा अध्यक्ष ज्युहरुले वडामा भएका समस्याको योजना सिलिङ ल्याउने हो, वडाको आवश्ययकता हेररे वजेट विनीयोजित गर्ने हो ।’
तर नगरमा भए जति सवै वजेट वडाहरुमा वाँड्न खोज्दा समस्या उत्पन्न भएको भन्दै पुनले थपे ‘सबै वजेट वडाहरुमा वितरण गरिदिदाँ नगरका दुरगामि र महत्वपुर्ण योजनाहरु के गर्ने ?’ राज्यको निती र विधी अनुसार आफु चल्न खोज्दा केहि कार्यपालिका सदस्य र वडा अध्यक्षले वल मिचियाँई गरेर असफल पार्न खोजेको उनको दुखेसो छ ।
बिहीबार जारी विज्ञप्तीमा पुनले आफुलाई १३ वुंदे निराधार र कपोकल्पीत आरोप लगाएको जिकिर गरे । ‘मैले जेठ १५ पछि नगर प्रमुखको कार्यभार सम्मालेको हो । त्यस अघिको समान खरिदको रकममा आफुले कसरि भष्टचार गरें ?’ पुनले भने ।
साथै खरीद भएको समानमा छानविन हुनु पर्नेमा उनले जोड दिए । यी सवै वियषमा आफुलाई वदनाम वनाउने र नगरको विकासलाई पछि धकेल्ने तत्वहरु लागि परेकोले उनको ठम्याई छ ।
प्रतिकृया दिनुहोस्