४ साउन । रुकुम पश्चिममा आर्थिक वर्ष ०७४/७५ मा करिब ७५ करोड बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुम पश्चिमको तथ्याङ्क अनुसार ७४ करोड ४५ लाख ८६ हजार आठसय ८३ रुपैयाँ बजेट फ्रिज भएको हो ।
कर्मचारीको तलब भत्ता, सामाजिक सुरक्षा भत्ता तथा समयमै कार्य सम्पन्न नभएकाले ठूलो रकम फ्रिज भएको कोष नियन्त्रक ईश्वरीप्रसाद ढकालले बताए । गत आवका लागि नेपाल सरकारको तर्फबाट रुकुम पश्चिमका लागि पठाएईको बजेट मध्ये खर्च नभई फ्रिज भएको रकमको तथ्याङ्क कोष लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको हो ।
कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार रुकुम पश्चिममा कुल बजेट ५ अर्ब ४४ करोड ४९ लाख २४ हजार २ सय ४५ मध्ये ४ अर्ब ७० करोड ३ लाख ३७ हजार ३ सय ६१ खर्च भएको छ । यस खर्च रकम मध्ये चालू खर्च तर्फ विनियोजित रकम ४ अर्ब ६१ करोड १३ लाख ७१ हजार ६ सय ५० मध्ये ४ अर्ब १ करोड ९० लाख १ हजार ९ सय ४६ खर्च भएको छ ।
त्यस्तै पूँजीगत तर्फ भने विनियोजित बजेट ८३ करोड ३५ लाख ५२ हजार ६ सय मध्ये ६८ करोड १३ लाख ३५ हजार ४ सय खर्च भएको छ । यस्तै कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत आ.ब. ०७४/७५ मा १० करोड ४१ लाख ९६ हजार ७ सय २० राजश्व जम्मा भएको छ ।
प्रतिकृया दिनुहोस्