सेरोफेरो
४ जेठ, जुम्ला । चन्दननाथ नगरपालिकामा नेपाली काँग्रेसकी कान्तिका सेजुवाल मेयर पदमा निर्वाचित भएकी छन् । उनले दुई हजार सात सय ७७ मत ल्याई जित हात पारेकी हुन् । प्रतिस्पर्धी नेकपा एमालेका शान्तिलाल महतलाई सात सय ७१ मत अन्तरले पराजित गरी मुलुककै पहिलो निर्वाचित महिला मेयर बनेकी छन् ।
उपमेयरमा नेकपा माओवादी केन्द्रकी अप्सरादेवी न्यौपाने विजयी भएकी छन् ।
चन्दननाथ नगरपालिकाका १० वडा मध्ये तीनमा नेपाली काँग्रेस, तीनमा नेकपा एमाले, तीनमा माओवादी केन्द्र र एकमा स्वतन्त्र उमेदवार अर्जुनसिंह कठायत विजयी बनेका छन् ।
जुम्लाको चन्दननाथ कर्णालीकै केन्द्र मानिन्छ ।
प्रतिकृया दिनुहोस्