५ साउन । स्वास्थ्य शिक्षा विधेयकको विरुद्धमा अनसनरत डा. गोविन्द केसीको मागको पक्षमा काठमाडौंको माइतीघरबाट निस्केको विशाल जुलुस नयाँ बानेश्वरतर्फ जाँदा तरुण दल र प्रहरीबीच झडप भएको छ।
भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गर्दा तरुण दलका अध्यक्षसहित अन्य आन्दोलनकारी घाइते भएका छन् । आन्दोलनमा केही प्रहरीले समेत घाइते भएका छन् ।
घाइतेहरुको निजामति अस्पताल मीनभवनमा उपचार भैरहेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा घाइतेको स्वास्थस्थिति बुझ्न केहीबेर अघि अस्पताल पुगेका छन् ।
डा. केसीको मागको विषयलाई लिएर नेपाली काँग्रेसले देशव्यापी आन्दोलन गर्ने यसअघिनै निर्णय गरेको थियो । केसीको समर्थनमा विवेकशील साझा पार्टी, नयाँ शक्ति लगायत विपक्षी दलहरु उत्रेका छन् ।
यस्तै शनिबार भएको अर्को प्रदर्शनमा नागरिक समाजका अगुवा कृष्ण पहाडी, खगेन्द्र संग्रौला तथा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायतको सहभागीता थियो । उनीहरूले आफू सरकारबिरोधी नभएको तर जनताको मागलाई सरकारले बेवास्ता गर्न नहुने बताएका छन् ।
प्रतिकृया दिनुहोस्