६ साउन । रुकुम पश्चिममा आर्थिक वर्ष ०७४/७५ मा करिब ७५ करोड बजेट फ्रिज भएको छ । कोष लेखा नियन्त्रक कार्यालय रुकुम पश्चिमको तथ्याङ्क अनुसार ७४ करोड ४५ लाख ८६ हजार आठसय ८३ रुपैयाँ बजेट फ्रिज भएको हो ।
कर्मचारीको तलब भत्ता, सामाजिक सुरक्षा भत्ता तथा समयमै कार्य सम्पन्न नभएकाले ठूलो रकम फ्रिज भएको कोष नियन्त्रक ईश्वरीप्रसाद ढकालले बताए । गत आवका लागि नेपाल सरकारको तर्फबाट रुकुम पश्चिमका लागि पठाएईको बजेट मध्ये खर्च नभई फ्रिज भएको रकमको तथ्याङ्क कोष लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको हो ।
कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार रुकुम पश्चिममा कुल बजेट ५ अर्ब ४४ करोड ४९ लाख २४ हजार २ सय ४५ मध्ये ४ अर्ब ७० करोड ३ लाख ३७ हजार ३ सय ६१ खर्च भएको छ । यस खर्च रकम मध्ये चालू खर्च तर्फ विनियोजित रकम ४ अर्ब ६१ करोड १३ लाख ७१ हजार ६ सय ५० मध्ये ४ अर्ब १ करोड ९० लाख १ हजार ९ सय ४६ खर्च भएको छ ।
त्यस्तै पुँजिगत तर्फ भने विनियोजित बजेट ८३ करोड ३५ लाख ५२ हजार ६ सय मध्ये ६८ करोड १३ लाख ३५ हजार ४ सय खर्च भएको छ । यस्तै कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत आ.ब. ०७४/७५ मा १० करोड ४१ लाख ९६ हजार ७ सय २० राजश्व जम्मा भएको छ ।
हुम्लामा करिब २३ करोज फ्रिज
हुम्ला जिल्लामा यस आर्थिक बर्षमा २२ करोड ७१ लाख २५ हजार ६ सय २५ रुपैया फ्रीज भएको छ ।
३ अरब १६ करोड ५३ लाख ७८ हजार ३ सय २१ रुपैंया कुल बजेटमा चालु तर्फ २ अरब ३९ करोड १४ लाख १० हजार ३ सय २१ रुपैयामा २ अरब २१ करोड १५ लाख ९३ हजार ४ सय ८६ रुपैया निकासा भई १२ करोड ९८ लाख १६ हजार ८ सय ३५ रुपैया फ्रिज गएको छ ।
यसैगरी पुँजिगत तर्फ ७७ करोड ३९ लाख ६८ हजार कुल बजेटमा ६७ करोड ६६ लाख ५९ हजार १ सय ८५ रुपैया निकासा भई ९ करोड ७३ लाख ८ हजार ८ सय १५ रुपैया फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालयमा प्रमुख राजन रेग्मीले बताए ।
प्रमुख रेग्मीका अनुसार जिल्लाका ३२ वटा सरकारी कार्यालय र सात वटा गाउँपालिकाको चालु र पुँजीगत खर्चका लागि निकासा आएको भए पनि समयमा खर्च गर्न नसक्दा उक्त रकम फ्रिज गएको हो ।
प्रतिकृया दिनुहोस्